एरिक विष्टले आई लिग खेल्ने

<span class='c1'>एरिक विष्टले आई</span> <span class='c2'>लिग खेल्ने</span>

काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर एरिक विष्टले भारतीय (आइ) लिग खेल्ने भएका छन् ।

भारतको मेघालय सिलोङले नेपाली टोलीका मिडफिल्डर एरिकलाई अनुबन्ध गरेको गरेको जनाएको छ ।

एरिक जारी आइ लिगका बाँकी खेलका लागि अनुबन्धित भएका हुन् । यसअघि सिलोङबाट नेपालका अनिल गुरुङले खेलिसकेका छन् । नेपाली राष्ट्रिय टिमको मिडफिल्डमा राम्रो जमेका एरिकले हालै भएको नेपाल सुपर लिग एनएसएलमा बुटवल लुम्बिनी एफसीको मार्की खेलाडीको रुपमा गतिलो छाप छाडेका थिए ।

उनले कप्तानको पनि जिम्मेवारी निर्वाह गरेका थिए । एरिकले २०२० मा बंगलादेशमा भएको मुजिब बर्षो मैत्रीपूणर् खेलबाट सिनियर टोलीमा डेब्यु गरेका हुन्।

उनले सहिद स्मारक ए डिभिजन लिगको उपाधि नव प्रवेशी क्लब चर्च ब्वाइजलाई सफलता दिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्