५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ३ सय ९० रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ३ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्