बलिउड : पंकज भन्छन्, ‘अब हरेक फिल्मको सुटिङपछि एक महिना ब्रेक लिन्छु’

<span class='c1'>बलिउड : पंकज भन्छन्, ‘अब हरेक</span> <span class='c2'>फिल्मको सुटिङपछि एक महिना ब्रेक लिन्छु’</span>

मुम्बई । बलिउड अभिनेता पंकज त्रिपाठी अहिले व्यस्त अभिनेताका रुपमा परिचित छन् । उनले ३ वर्ष यता करिब १४ फिल्ममा काम गरिसकेका छन् । अब भने यी अभिनेता अभिनयबाट ‘ब्रेक’ लिन चाहन्छन् ।

पंकजका अनुसार, अब उनी हरेक फिल्मको सुटिङ पुरा भएपछि ३० दिनका लागि ‘ब्रेक’ लिने योजनामा छन् । उनी पछिल्लो फिल्मको भूमिकाबाट बाहिर निस्कनका लागि यो निणर्य लिन लागेको बताउँछन् । ‘मैले आफ्नो काम कम गर्ने निणर्य लिएको छु । मलाई लाग्यो कि यो धेरै नै भयो । यति धेरै अभिनय गर्नु पनि हुँदैन । हरेक कुराको एक सीमा हुन्छ र मैले आफ्नो शारीरिक हाउभाउलाई परिवर्तन गर्न सकिनँ । यसकारण नै मैले वर्षमा १० प्रोजेक्ट गर्नुको सट्टा अब मात्र तीन प्रोजेक्ट गर्ने निणर्य लिएको छु’, उनले भनेका छन् । पंकजले फिल्म ‘स्त्री २’को सेटको एक किस्सा पनि शेयर गरेका छन् । उनले आफ्नो कामले कसरी ‘ओभरल्याप’ गर्न सुरु गर्यो भन्ने किस्सा खुलाएका छन् ।

‘फिल्म ‘मे अटल हुँ’को सुटिङ पुरा गरेर अघिल्लो दिन म ‘स्त्री २’को सेटमा पुगें । सुटको सुरु दिन नै निर्देशक अमर कौशिक मेरो नजिक आएर ‘अटल जी जस्तो देखिनु भएको छ’ भने । मैले ‘अब के गर्नु ? भनेर सोधें । त्यसपछि अमरले मलाई एकदिनको बिदा दिएर ‘घर गएर स्त्री हेर्नु र रिल्याक्स गर्नु’ भने’, पंकजले भनेका छन् । पंकजले एक सेटबाट अर्को सेटमा बिना तयारी जानु कलाकारका लागि गलत भएको बताए । ‘मलाई लाग्छ कि हरेक फिल्म सुरु गर्नुअघि ३० दिनको ग्याप गर्न आवश्यक छ । १० दिन पुरानो चरित्रलाई बिर्सन, १० दिन परिवारलाई समय दिन र १० दिन नयाँ भूमिकाको तयारी गर्नका लागि हो । अब म यो नियम लागु गर्छु’, पंकजले भनेका छन् ।

वर्षौको काम पछि पंकज अहिले त्यो व्यावसायिक स्थानमा छन्, जहाँ उनी नयाँ काम अस्वीकार गर्न या आफ्नो इच्छाले भूमिका स्वीकार्न सक्छन् । ‘पहिला ममाथि कैयौं जिम्मेवारी थियो । त्यो बेला म हरेक काम पैसा कमाउनका लागि गर्थें । अब अवस्था फेरिएको छ । मेरो इएआई पुरा भइसकेको छ । पैसाको जीवनमा ठूलो भूमिका छैन । यो कुरा भन्नका लागि पनि पैसा चाहिन्छ । पैसा भयो भने मात्र मानिसले यी कुरा भन्न सक्छ’, उनी भन्छन् ।
रवि जाधव निर्देशित फिल्म ‘मे अटल हुँ’ १९ जनवरीमा रिलिज हुँदैछ । यो फिल्मका अलावा यो वर्ष पंकजका दुई फिल्म ‘स्त्री २’ र ‘मेट्रोः इन दिनो’ रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्