शीतकालीन युथ ओलम्पिक सुरु

<span class='c1'>शीतकालीन युथ</span> <span class='c2'>ओलम्पिक सुरु</span>

काठमाडौं । दक्षिण कोरियाको गाङवनमा शुक्रबारदेखि शीतकालीन युथ ओलम्पिक सुरु भएको छ ।

शुक्रबार एक उदघाटन समारोहबीच दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले प्रतियोगिताको उद्घाटन गरे ।

यो शीतकालीन युथ ओलम्पिकको छैटौं संस्करण हो । प्रतियोगितामा नेपालका तर्फबाट दुई खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा नेपालबाट पुरुषतर्फ छोवाङ विन्गुर तामाङ र महिलातर्फ लक्ष्मी राईको सहभागिता रहेको छ । उद्घाटन समारोहमा आयोजित मार्चपासमा छोवाङले नेपालको झण्डा बोकेका थिए । प्रतियोगिता फेब्रुअरी १ सम्म सञ्चालन हुनेछ । प्रशिक्षक भने सफलराम श्रेष्ठ रहेका छन् । छोवाङ र लक्ष्मी दुवैले स्लालम र जायन्ट स्लालममा भाग लिनेछन् ।

उनीहरूले यसअघि १५ दिनको विशेष प्रशिक्षण कार्यक्रम ‘ड्रिम प्रोजक्ट’ मा पनि सहभागिता जनाएका थिए । शीतकालीन युथ ओलम्पिकमा नेपालको यो तेस्रो सहभागिता हो । यसपल्टको शीतकालीन युथ ओलम्पिकमा कुल ७८ देशका १ हजार ८ सय २ खेलाडीको सहभागिता रहनेछ ।

सहभागी खेलाडी यू–१९ समूहका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्