सहकार्य र सम्झौता नगरेसम्म निर्माण प्रक्रिया रोक्का गर्नु पर्ने फक्ताङलुङ गाउँपालिकाको माग

सहकार्य र सम्झौता नगरेसम्म निर्माण प्रक्रिया रोक्का गर्नु पर्ने फक्ताङलुङ गाउँपालिकाको माग

विराटनगर । ताप्लेजुङमा रहेको पाथीभरा (मुकुम्लुङ) मा केबलकार निर्माणको सन्दर्भमा फक्ताङलुङ गाउँपालिकाले निर्माण प्रक्रिया रोक्का गर्नु पर्ने माग राख्दै जिल्ला समन्वय समिति ताप्लेजुङलाई ज्ञापनपत्र बुझाएका छन् ।

गाउँपालिकासँग समन्वय, सहकार्य र सम्झौता नगरेसम्म निर्माण प्रक्रिया रोक्का गर्नु र गराउनु भन्दै गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले माघ २ गते समन्वय समितिलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए ।

‘मुकुम्लुङ पाथीभरामा निर्माणधीन केबलकार आयोजनाको क्षेत्र यस फक्ताङलुङ गाउँपालिकाको भूभागमा समेत पर्ने तर सो आयोजनाले फक्ताङलुङ गाउँपालिकालाई कुनै पत्राचार, जानकारी र सूचना प्रवाहविना निर्माण प्रक्रिया अगाडी बढाईरहेको सन्दर्भमा अब उपरान्त फक्ताङलुङ गाउँपालिकासँग समन्वय, सहकार्य र सम्झौता नगरेसम्म निर्माण प्रक्रिया रोक्का गर्नु/गराउनु हुन यसै ज्ञापनपत्र पेश गर्दछु ।’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

कम्पनीले केबलकार निर्माण गर्ने भन्ने विवादित रहेको र पाथीभरा क्षेत्र फक्ताङलुङ गाउँपालिकाभित्र पर्ने भएकाले पालिकासँग सहकार्य समन्वय नगरको हुँदा ध्यानाकार्षण गरिएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताए । पहिचानवादीले उठाएको सवालमा जर्बजस्त गर्नु नहुने बताउदै उनले समन्वय गरेर जानुपर्नेमा जोड दिए ।

‘स्थानीय सरकार आएपछि अनुमतिदेखि लिएर सबै कुरा सुनुवाई हुनुपर्छ , उहाँहरुको प्रोजेक्टको विषय हामीलाई पनि थाहा हुनुपर्छ’ उनले भने,‘ निर्माण हुँदै गरेको कुरा थाहा हुनुपर्छ यसै सन्दर्भमा ज्ञापनपत्र पेस गरेको हो।’
केबलकार बनाउनु हँदैन भन्ने तर्क नभएको बताउदै उनले प्रावधान र प्रक्रिया पुरा गर्नुपर्ने स्थानीय सरकार जवाफदेही भए केबलकार बन्न सक्ने उनको भनाई थियो ।

प्रक्रिया पुरा नभइ निर्माण कार्य अगाडी बढे स्थानीय सरकारले ‘एक्सन’ समेत लिन सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्