यू १९ विश्वकप क्रिकेटमा आयरल्याण्डको विजयी सुरुआत

यू १९ विश्वकप क्रिकेटमा आयरल्याण्डको विजयी सुरुआत

काठमाडौं । आइसीसी यू १९ विश्वकप क्रिकेटमा आयरल्याण्डले विजयी सुरुआत गरेको छ ।

दक्षिण अफ्रिकामा आजदेखि सुरु भएको क्रिकेटमा आयरल्याण्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १०६ रनको सामान्य लक्ष्य आयरल्याण्डले २२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

पहिला ब्याटिङ गरेको अमेरिकाले ४०.२ ओभरमा सवै विकेट गुमाएर जम्मा १०५ रन बनायो । अमेरिकाका लागि खुस भालाले सर्वाधिक नटआउट २२ रन बनाउँदा पर्थ पटेलले १३ रन बनाए । यसैगरी आमोग एरपलीले ११ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । अतिरिक्त १९ रन पाएको थियो । आयरल्याण्डका रुवेन विल्सन र ओलिभर रेलेले तीन तीन विकेट लिँदा जोन म्याकनेलीले २ विकेट लिए । १०६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डलाई जिताउन रेयन हन्टरले ५० रनको नटआउट अर्धशतकीय पारि खेल्दा फिलिपस ले रुक्सले २३ रनको नटआउट पारि खेले । यसैग्री किन हिल्टन २३ रनमा आउट भएका थिए ।
अमेरिकाका आर्य गर्गले २ विकेट लिए ।

जितसँगै समूह एमा आयरल्याण्डले २ अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्