-किस्मत खतिवडा 'विजय'
मुक्तक १
खन्नु सम्म खेदो खन्ली कहिल्यै सोचिएन
भए, नभएको भन्ली कहिल्यै सोचिएन
आफ्नै सम्झेर मनमा सजाएको मान्छे
यति छिटै पराई बन्ली कहिल्यै सोचिएन
मुक्तक २
बढो अचम्मको छ बानी सोध्ने गर्छन्
कति पनि लाज नमानी सोध्ने गर्छन्
मर्यो बाच्यो वास्था नगर्ने आफन्तले
कति गरिस् त आम्दानि सोध्ने गर्छन्
मुक्तक ३
भन्नलाई त भन्छु बहुत बढिया यस्तै छ
आँखामा आँशु, मुटु छियाछिया यस्तै छ
खै कसको भर पर्नु, कसको बिस्वास गर्नु
मतलबी मान्छे, स्वार्थि दुनियाँ यस्तै छ
मुक्तक ४
बरु दबाउदा हुन्छ गला नगरिदिए हुन्थ्यो
जिन्दगी रहला, नरहला नगरिदिए हुन्थ्यो
कसरी सक्छु होला? हामी छुट्टिने भन्छौ
सकेसम्म यस्तो फैसला नगरिदिए हुन्थ्यो
मुक्तक ५
न त मेसेज, न कल कतै भेट भएन
तिमीले यसरी गर्यौ छल,कतै भेट भएन
छिट्टै भेट्ने वाचा गरेर छुटेकी तिमी,
त्यसपछि कुनैपल कतै भेट भएन ।