नदिकाे गन्तव्य !

<span class='c1'>नदिकाे गन्तव्य</span> <span class='c2'>!</span>

-श्रीबहादुर केसी शैलुङ्गे
नदिहरु नि:सर्त बगिरहे
कहाँ भेट्छन तिनले गन्तव्य
बगेर जीवनकाे पदमार्गमा
थाति राखेर सङ्घर्षरत परिणाम

बगेर अनिश्चित अविरल
हिँमालकाे फेदिबाट रसाँउदै
काेलाहलकाे बस्ती पन्छ्याउदैं
अाराेह अबराेह हटाउदै
बाटा भरिका बाधा छिचाेल्दै
दुर्गमका कष्ट पीडाहरुलाइ
अनभिज्ञ बग्नुकाे वास्तविकतामा
निर्विकार,निराकार बग्दै-बग्दै
छालहरुले ढुङ्गाका लेउ पछार्दै
द्रिविधा र भ्रम पखाल्दै
माैन अावाज हरुकाे सामना गर्दै
विधुतिय उर्जामा परिणत हुँदै
कतै सिंचाइमा लिप्त भइरहदा
अापत्ति वा बिराेध नगर्दै फेरि
अन्त्य कहाँ हुने हाे....?
कुन भंगालाेमना विलिन हुने हाे
बाेध छैन अन्तर मनकाे
अविराम छ हिउँकाे वर्षा प्रत्यक साल
खै कहाँ छ नदिकाे गन्तव्य...?

भक्तपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्