मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

-शरद प्रधानाङ्ग
मुक्तक १
रापिलो तातो घाम हराउँछ साँझ ढलेपछि
कडा फलाम पनि गल्छ आगोमा परेपछि
कति घमण्ड गर्छौ हाड छालाको शरीरमा,
खरानी हुन्छ शरीर पनि चितामा लडेपछि।

मुक्तक २
सपनीको सामिप्यता विपनीमा भेट्न गाह्रो हुँदो रहेछ
छातीभित्र बसेको सम्झनालाई मेट्न गाह्रो हुँदो रहेछ
एउटाको ढुकढुकी अर्को हृदय समिप सरी सकेपछि,
बिर्सेर पनि आफुले आफैलाई रेट्न गाह्रो हुँदो रहेछ।

मुक्तक ३
मेटिन सक्छ विश्वास भरोसाको पाटो मोडिएपछि
टुट्छ आत्मिय सम्बन्ध शिशा जस्तो तोडिएपछि
नङ र मासु जस्तो सम्बन्ध हुनुपर्छ एक आपसमा,
युगौं बाँच्छ मुटुको ढुकढुकी एकैठाउँ जोडिएपछि।

मुक्तक ४
काल्पनाको बगान यथार्थ भन्दा धेरै टाढा हुन्छ
सुख सारथि दुखको छानो अनि मानो गाढा हुन्छ
पराई धुरी मनको लड्डु घ्यू सित खाए जस्तो हो,
प्रकृतिको अनुशासन उत्तम अन्यथा साँढा हुन्छ।
विराटनगर - ७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्