गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-बिन्दा लामा" तृष्णा"
सत्य बोल्ने मेरो छोरा भुलमा हिडिरहेछ
माहुरी फोहोरमा छ झिंगा फूलमा हिडिरहेछ

आँखा निदाउलान् रगत ब्युझो राख्ने गर्नुस
दक्षिण तिरका मछेट दिउँसै झुलमा हिडिरहेछ

आमा उता रुन्छिन् सन्तान रुन्छ यता खाडीमा
देशको चित्कार मुटुको शुलमा हिडिरहेछ!

हिजो दश लाख मुल्यको एउटा टाउको आज
टाउको माग्नेहरुकै,हुलमा हिडि रहेछ

मजदुर आँसु बेचेर रेमिटेन्स पठाउँछ्न
नेता देश बेचेर पुलमा हिडि रहेछ!!

गोलञ्जोर "४" सिन्धुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्