युवा

<span class='c1'>युवा</span> <span class='c2'></span>

-पुष्पा सायरा
टिकाउने मन भएन
यो डाडा काँडाको सेरो फेरोमा
यो रुपौलो हिमाच्छादित
गुराँसको गालामा ?
कि लागेन निन्द्रा
ई दर्शनिय कन्चन हिमालका
वातावरणमा
बसेन मन
यी मन्दिरको सन्सारमा ?
यी नागबेली नदिको सुसेलिमा?
यी झर झर् झरनाको प्रेमिल
अङ्गालोमा ?
कि निको भएन दुखेको छाती
यताको व्यवहारसँग !
टिकेन मन् ?
आमाको मायामा पनि ?
दिक्क देखेँ
मुहारमा उत्साह
पटक्कै देखिन
यो वातावरण तिमीलाई हो
सबै सहज
तिमीलाई भो
काम यहीँ बसेर गर
पढेर सीपालु भएर
पौरख गर यहिँ
बिहान बेलुका
अाफ्नै घरको माम खाएर
जाउ आउ न
आमाको माया लिएर
बाबुको आशा लिएर
दोब्बर बलियो हुनेछौ
मनोबलले
स्नेह र आशिष पाएपछि
सौभाग्य लेखिन्छ
भाग्यमानी बन

युवा !
तिमी भए त
बलियो हुन्छ देश पनि
थापिदिन्छौ नि काँध
मात्रिभूमिको
तिमी बलियो मान्छेले युवा !
रक्षा हुन्छ नि!
माटोको
आमाको !

सबै सजिलो
तिमीलाई भो
टिकाउ न मन
तिम्रा बाबुको
खेतबारीमा
तिम्रा दिदी बहिनीको
मायामा
तिम्रा हाट
चोक बजारमा
तरकारी बारिमा
तिमी भए त
बलियो हुन्छ
गाउँको मुटु
सहरको बजार
तिम्रो घरको खाबो
रास्ट्रको जग
होइन र ?

टिकाउ न तिम्रो मन
आफ्नो माटोमा
युवा हुन्न ?
सम्पुर्ण सहज
तिमिलाइ भो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्