काठमाडौं । नेकपा एकीकृत समाजवादीले एक वर्षमा आठ करोड चार लाख ५६ हजार सात सय नौ रुपैयाँ आम्दानी गरेको छ । पार्टीको गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।
पार्टी सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड ८२ लाख ६८ हजार आठ सय ११ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार आठ सय ९८ रुपैयाँ बचत भएको छ। चालु आर्थिक वर्षको बचत र अघिल्लो वर्षको बचत मौज्दातसहित पार्टीमा हाल एक करोड ३२ लाख ४८ हजार सात सय ५६ रकम बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ।
पार्टीको चालु आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्चसमेत समेटिएको लेखा प्रमुख पौडेलले जानकारी दिए।