काठमाडौं । आइसीसी यू १९ विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ ।
दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा भारतले बंगलादेशलाई ८४ रनले पराजित गरेको हो ।
भारतले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । जवाफमा बंगलादेशको टिम ४५.५ ओभरमा सवै विकेट गुमाएर १६७ रनमा समेटियो । पहिला ब्याटिङ गर्दा भारतका आदर्श सिंहले सर्वाधिक ७६ रनको पारि खेल्दा उदय शरणले ६४ रन बनाएका थिए ।
यस्तै सचिन दासले नटआउट २६ रन बनाउँदा आर्भेले अभिनास र प्रियान्सु मोलियाले २३-२३ रन बनाए । बंगलादेशका मारुफ मरिदाले सर्वाधिक ५ विकेट लिए । २५२ रनको लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ४५.५ ओभरमा सवै विकेट गुमाएर १६७ रनमा समेटियो । बंगलादेशका लागि मोहम्मद सिहाव रोबीले ५४ रनको अर्धशतकीय पारि खेल्दा अरिफुल इस्लामले ४१ रन बनाए । शेख पभेज जिवोन १५ तथा अशिकुर रहमान र जिसन आलमले १४-१४ रन बनाए ।
भारतका सौम्य पाण्डेले ४ विकेट लिँदा मुसेर खानले २ विकेट लिए । समूह 'ए'मा भारतले पनि २ अंक जोडेको छ ।