एएफसी एसिया कप : बहराइनको पहिलो जित

एएफसी एसिया कप : बहराइनको पहिलो जित

काठमाडौं । एएफसी एसियन कप फुटबलमा बहराइनले पहिलो जित निकालेको छ ।

कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘ई' मा रहेको बहराइनले शनिबार राति भएको खेलमा मलेसियाविरुद्ध १–० गोलको जित निकाल्दै ३ अंक बटुल्न सफल भएको हो ।

बराबरीतर्फ उन्मुख खेलमा बहराइनले दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा गोल गर्दै जित निकालको हो । बहराइनका अलि मदानले गरेको गोल नै स्पष्ट ३ अंक दिलाउन सफल भयो । यो समूहमा जोर्डन र दक्षिण कोरिया समान ४–४ अंकका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा छन् ।
समूह चरणको अन्तिम खेलमा बहराइनले जोर्डनसँग र मलेसियाले कोरियासँग खेल्ने छ । आगामी विहीबार हुने खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्ने छ ।

जारी प्रतियोगितामा मलेसियाले भने जित निकाल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्