प्रधानमन्त्री कप : पुलिससँग आर्मी १३ रनले पराजित

प्रधानमन्त्री कप : पुलिससँग आर्मी १३ रनले पराजित

काठमाडौं । प्रधानमन्त्री क्रिकेट प्रतियोगिता अन्तरर्गत नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको छ ।

भैरहवाको सिद्धार्थनगर रंगशालामा प्रतिकुल मौसमका कारण ३३ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले एक सय ४० रन बनाएको थियो । एक सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले ३२.२ ओभरमा १२७ रनमा अलआउट भयो । आर्मीका टप अर्डर ब्याट्सम्यान चल्न सकेनन् । ओपनरद्वय इमराह शेख र सन्तोष कार्की तथा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप राजाली शून्य रन आउट भए ।

उसका लागि कुशल मल्ल ३५ रन बनाए । त्यस्तै, भिम सार्कीले ५२ र विनोद भण्डारी १९ रनको योगदान दिए । बलिङतर्फ पुलिसका सागर ढकाल र ललित राजवंशीले तीन-तीन विकेट लिए भने रसिद खानले दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ३१.४ ओभरमा १४० रनमा अलआउट भयो । खराब सुरुवात गरेको पुलिसले १७ रनमा सुरुवाती तीन विकेट गुमाएपछिसमस्यामा परेको थियो । उसका लागि आरिफ शेखले१८ रन बनाए । त्यस्तै, शंकर रानाले मात्र पाँच रन, सुनिल धमला ५२ रन बनाएर पभिलियन फर्किए ।

आर्मीका लागि सोमपाल कामीले घातक बलिङ गर्दै ६ ओभरमा ३ मेडन सहित मात्र १२ रन दिएर ४ विकेट लिए । विवेक यादवले सात ओभर बलिङ गर्दै ३७ रन दिएर दुई विकेट लिए । शाहब आलमले पनि ६.४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्