बागमतीमा लोकसेवाले माग्यो एकैपटक ११ सयबढी कर्मचारी

<span class='c1'>बागमतीमा लोकसेवाले माग्यो एकैपटक</span> <span class='c2'>११ सयबढी कर्मचारी</span>

काठमाडौं । बागमती प्रदेश सरकार र स्थानीय तहका लागि प्रदेश लोक सेवा आयोगले अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी माग गरेको छ ।

लोकसेवाले विभिन्न सेवा समूहमा एकैपटक १ हजार ११३ जना कर्मचारीका लागि आवेदन खुलाएको हो ।

आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले नेपालको लोक सेवा आयोगकै इतिहासमा सर्वाधिक संख्यामा रिक्त दरबन्दीमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरिएको बताएका छन् । उनले यति धेरै संख्यामा लोक सेवा आयोगले पहिलो पटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरेको दाबी गरे । आयोगले प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारीसमेत गरी एकैपटक १ हजार ११३ कर्मचारीको माग भएको हो ।

बागमती प्रदेशमा संघीय राजधानी काठमाडौंसहित १३ जिल्ला र तीन महानगरपालिकासहित ११९ वटा स्थानीय तह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्