काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ।
यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५२पैसा र बिक्री दर १४५ रुपैयाँ १७पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६९ रुपैयाँ २० पैसा पुगेको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३८पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।