अपराधीहरु अनुसन्धानकर्ताभन्दा धेरै शक्तिशाली हुन्छन् : प्रहरी महानिरीक्षक कुँवर

<span class='c1'>अपराधीहरु अनुसन्धानकर्ताभन्दा धेरै शक्तिशाली हुन्छन्</span> <span class='c2'>: प्रहरी महानिरीक्षक कुँवर</span>

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले फौजदारी अपराधमा पीडितलाई न्याय दिलाउन प्रहरीले संवेदनशील भएर काम गरिरहेको बताएका छन् । उनले अपराधमा संलग्नहरू पीडितभन्दा मात्रै नभएर अनुसन्धानकर्ताभन्दा पनि शक्तिशाली र कानूनको ज्ञाता हुने गरेको बताए ।

अपराध अनुसन्धान विभागले सोमबार काठमाडौंमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक कुँवरले अपराध अनुसन्धानमा प्राथमिक जिम्मेवारी पाएको प्रहरीले आफ्नो दक्षता, क्षमता, श्रोतसाधन र जनशक्तिको आधारमा कानूनी राज्यको प्रत्याभूति गराउन प्रयास गरिरहेको बताए ।‘अपराधको रोकथाम र अनुसन्धानको प्राथमिक अंगकोरुपमा जिम्मेवारी निर्वाह गर्दै आएको छ । त्यसअनुसार प्रहरीले पीडितलाई न्याय, अपराधीलाई सजाय र मानव अधिकारको सम्मान गर्दै विधिको शासन कायम गर्न निरन्तर काम गर्दै आएको छ,’ उनले भने ।

उनले नेपाल प्रहरीले अनुसन्धानका लागि समयानुकुल प्रविधियुक्त विशिष्टीकृत र दक्ष जनशक्तिको व्यवस्था गर्दै लगेको बताए । ‘यहाँ पीडित र अनुसन्धानकर्ताभन्दा पीडक र पीडकलाई संरक्षण गर्नेहरु शक्तिशाली छन्, उनीहरुलाई झन् धेरै कानूनको ज्ञान छ,’ उनले भने, ‘त्यसकारण अनुसन्धानकर्तालाई संरक्षण र वृत्ति विकासका लागि समेत हामीले ध्यान पुर्‍याउनुपर्ने अवस्था रहेको छ ।’

महानिरीक्षक कुँवरले फौजदारी अपराधमा पहिलो अनुसन्धानकर्ता नै प्रहरी भएकाले प्रहरीले कुनै गल्ती कमजोरी नगरीकन काम गर्न सक्नुपर्ने बताए । ‘संविधानको पाना र कानूनका दफामा जति नै शब्दहरु लेखेको भएपनि राज्यले अधिकार सुम्पिएका हामी र हाम्रो कार्यशैलीमा काँचुली नफेरेसम्म नागरिकले न्यायको प्रत्याभूति गर्न पाउँदैनन्, न्याय दिएर मात्रै हुदैन, पीडितले न्यायको महसुस पनि गर्न पाउनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्