प्रधानमन्त्री कप : बागमतीको चौथो जित, शीर्ष स्थानमा उक्लियो

<span class='c1'>प्रधानमन्त्री कप : बागमतीको चौथो</span> <span class='c2'>जित, शीर्ष स्थानमा उक्लियो</span>

काठमाडौं । प्रधानमन्त्रीकप एक दिवसीय क्रिकेटमा बागमती प्रदेश विजयी हुँदै शीर्ष स्थानमा उक्लिएको छ ।

मूलपानी मैदानमा सोमबार भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिलाब्याटिङ गरेको कर्णाली प्रदेशले २४.२ ओभरमा सवै विकेट गुमाएर ७८ रनमात्रै बनायो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक २३ रन बनाउँदानिश्चल रावलले १३ रन जोडे । अरु दोहोरो अंकमा रन बनाएनन् भने अतिरिक्त नै १७ रन आएको थियो ।

बागमती प्रदेशका रिजन ढकालले ५ विकेट लिँदा कृजन गुरुङले २ विकेट हातपारे ।

यसैगरी प्रतिशजिसी, सूर्य तामाङ र विपिन आचार्यले एक एक विकेट लिए । ७९ रनको एकदमै झिनो लक्ष्यबगमतिप्रदेशले १३ ओभरमा ३ विकेट गुमाएर पूरा गररको थियो । इशानपाण्डेले ४० रन बनाउँदा रविन जोशीले १६ र अशोक पौडेलले ६ रन नटआउटबनाएर खेल जिताए । कप्तानतिर गौतम ८ तथा आशुतोष घिररैयाले ९ रनमा आउट भए । बागमतीले गुमाएका सबै ३ विकेट दिवानपुनले हातपारे ।

जितसँगै बागमतिले ६ खेलबाट ८ अंकबनाएर शीर्ष स्थानमा उक्लिदा सुदूरपश्चिम, नेपाल पुलिस र मधेश प्रदश समान ६ अंकसहित शीर्ष चारमा रहेका छन्। कर्णाली प्रदेश भने प्रतियोगितामा २ खेल मात्रै जित्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्