विराटनगर । राष्ट्रियसभा निर्वाचनमा एमाले र राप्रपाले आपसी साझेदारी गर्ने निर्णय गरेका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन हुँदैछ ।
सहमति अनुसार एमालेकी उम्मेदवार रूक्मिणी कोईरालालाई राप्रपाले र राप्रपाका उद्दब पौडेललाई एमालेले सहयोग गर्ने भएको हो ।
राप्रपपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले दुवै पार्टीले उक्त निर्णय गरिसकेको जानकारी दिए । राष्ट्रियसभा निर्वाचनको आज रातीदेखि मौन अवधी सुरु हुँदैछ ।