एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुने

एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

चैत १५ गते अनिवार्य अंग्रजी, १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

चैत १५ गतेदेखि हुने एसइई परीक्षामा चार लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएको बोर्डका अध्यक्ष शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्