करिम फाउण्डेशनद्वारा स्विटर वितरण

<span class='c1'>करिम फाउण्डेशनद्वारा</span> <span class='c2'>स्विटर वितरण</span>

विराटनगर । करिम फाउण्डेशनले स्विटर वितरण गरेको छ ।

आइतबार फाउण्डेशनले जहदा गाउँपालिका १ स्थित श्री बुद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको हो।

चिसो बढेसगै उक्त विद्यालयका ३० जना विद्यार्थीलाई स्विटर वितरण गरिएको करिम फाउण्डेशनका सचिव नसिम जाबेदले जानकारी दिए।

कार्यक्रममा उपस्थित मध्ये एकजना विद्यार्थीले जाडोको बेलामा स्विटर वितरण गरेर सहयोग पुर्‍याएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रमका सभापति सरफराज आलम, बिशिष्ट अतिथि इलाका प्रहरी कार्यालय रानीका प्रहरी नायब निरीक्षक रुपेश थपलिया लगायतको उपस्थिति रहेको थियो।

करिम फाउण्डेशनले सामाजिक कार्य गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्