हृदयरोग केन्द्र विराटनगरमा उद्धघाटन भएसँगै बजारको आर्थिक गतिविध पनि थप चलायमान हुन्छ : प्रदेश प्रमुख खापुङ

<span class='c1'>हृदयरोग केन्द्र विराटनगरमा उद्धघाटन भएसँगै बजारको आर्थिक गतिविध</span> <span class='c2'>पनि थप चलायमान हुन्छ : प्रदेश प्रमुख खापुङ</span>

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले हृदयरोग केन्द्र विराटनगरमा उद्धघाटन भएसँगै बजारको आर्थिक गतिविध पनि थप चलायमान हुनसक्ने आशा गर्न सकिने बताएका छन् ।

सैलजा आचार्य हृदय रोग केन्द्रको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले अस्पतालको सेवा प्रदानबाट कोशी प्रदेश, मधेश प्रदेश र छिमेकी मुलुक भारतसमेतका विरामीहरूले पनि स्वास्थ्य उपचार प्राप्त गर्दै लाभान्वित हुनुको साथै बजारको आर्थिक गतिविधि पनि थप चलायमान हुन सक्ने बताएका हुन् । हृदयरोगसम्बन्धि अस्पताल सरकारी तहमा राजधानीको गंगालाल हृदयरोग केन्द्रबाहेक राजधानीबाहिरको पहिलो र देशकै दोश्रो अस्पतालको रूपमा सेवारत हुँदै गएको बताउदै उनले यस सुखद कार्यबाट सबै खुशी भएको बताए ।

‘यो अत्यन्तै राम्रको कामको शुरुवात भएको छ । यस अस्पताल स्थापनाको लागि योगदान पुर्याउनु हुने सबैमा हार्दिक बधाई दिन चाहन्छु ।’ प्रदेश प्रमुख खापुङले भने,‘हृदयरोग सम्बन्धमा विशिष्टिकृत रूपमा सेवा प्रदान गर्ने यो अस्पताल हाम्रो कोशी प्रदेश विराटनगरमा स्थापना भएपछि नेपाल सरकारले हृदयरोग सम्बन्धि विरामीलाई रु.१ लाख सहयोग गर्दै आएकोमा यस अस्पतालमा उपचार गर्न आउने विरामीलाई प्रदेश सरकारले थप १ लाख सहयोग प्राप्त गर्ने छन् ।’

अस्पतालबाट मुटुरोग, छाती तथा फोक्सो सम्बन्धि पनि एउटै छातामुनी रहेर विशिष्टीकृत रूपमा विरामीले उपचार पाउने हुँदा सेवाग्राहीहरू धेरै नै लाभान्वित हुने अवस्था सृजना रहेको उनको भनाई थियो । ‘यस प्रदेशका अन्य अस्पतालहरूमा पनि कार्डियोलोजी डिपार्टमेन्टहरू छन् । यो अस्पतालले सेवा प्रदान गर्न शुरु गरेपछि हाम्रो प्रदेशको राजधानी विराटनगर मेडिकल हबको रूपमा विकसित हुन सकने निश्चितजस्तै देखिन्छ ।’ उनले भने,‘आजको जीवनशैली र खानपानले गर्दा नसर्ने रोग मुटुरोगीको संख्या वृद्धि हुँदै गएको तथ्याङ्क सार्वजनिक भइरहेको सन्दर्भमा हामी सबै चिन्तित छौ ।

यस्तो अवस्थामा यो अस्पतालको स्थापनाले यी रोगहरूको निदानमा विशिष्टिकृत रूपमा सेवा पुर्याउन महत्वपूणर् भूमिका निर्वाह गर्न सक्ने आशा र भरोसा गर्न सकिन्छ ।’सबै मिलेर अस्पतालको लक्ष्य प्राप्तिको निमित्त अघि बढ्नु पर्नेमा समेत उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्