मणिराम दाहाल
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा ७ स्थित विराट साहित्य समाजकाे आयाेजनामा कविशिराेमणि लेखनाथ पाैड्यालकाे १४० औ जन्मजयन्तीका अवसरमा मावि स्तरीय खुल्ला कविता प्रतियाेगिता सम्पन्न भएको छ ।
प्रतियाेगिता पाैडेल वन्धु एकता समाज इन्द्रपुर तथा पाैडेल वंश प्रतिष्ठानकाे प्रायाेजनमा भएको थियाे । प्रतियाेगितामा क्वेष्ट माविकी विद्यार्थी दीपांशु न्याैपाने प्रथम , सुकुना माविका विशाल तिम्सिना दाेस्रो , सिद्वार्थ माविबाट जिया क्षेत्री तृतीय तथा शिक्षा निकेतन माविकी पुजा माझी सान्त्वना भएका छन् ।
प्रतियाेगितामा विजेता कविहरूलाई क्रमश नगद रू ५ हजार ,४ हजार , ३ हजार र १ हजारका साथमा प्रमाणपत्रद्वारा सम्मानित गरिएको आयाेजक समाजका अध्यक्ष उमानाथ भट्टराईले जानकारी दिए । उनले नगरका ८ वटा मावि बाट १६ जना विद्यार्थीले खुल्ला कविता प्रतियाेगितामा भाग लिएकाे उल्लेख गरे ।
कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाई थिए । उनले विद्यार्थी जिवनबाटै भाषा, कला र साहित्यमा रूचि बढाउँदै अघि बढ्न जरूरी रहेको बताए । भाषा साहित्य र कलाकाे विकासका लागि नगरपालिकाले सहयाेग गर्ने उल्लेख गर्दै नगरमा प्रज्ञा प्रतिष्ठान गठनकाे लागि प्रकृया अगाडि बढेकाे नगर प्रमुख गुरागाई जानकारी दिए । प्रतियाेगितामा शिक्षासेवी तथा स्रष्टा प्रेमप्रसाद भट्टराई तथा टंक दाहाल निर्णायक रहेका थिए।