`वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ विजेता दिपालाई सुन्दरहरैंचा नगरपालिकाको सम्मान

`वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ विजेता दिपालाई सुन्दरहरैंचा नगरपालिकाको सम्मान

सुन्दरहरैंचा । भारतको हैदरावादमा सम्पन्न भएको १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल विजेता दिपा विष्टलाई सुन्दरहरैँचा नगरपालिकाले सम्मान गरेको छ ।

सोमबार नगरपालिकाको सभाहलमा एक कार्यक्रम गर्दै सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले खादा ओढाएर सम्मान गरेका थिए । सुन्दरहरैँचा ११ घर भएकी खेलाडी दिपालाई हाैसला र सम्मान स्वरूप नगद एक लाख पचास हजार रुपैयाँसहित नगरपालिकाले सम्मान गर्ने घाेषणा गरेको छ ।

भारतकाे हैदरावादस्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा दिपाले युरोप, अमेरिका र एसियाका १९ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जित्न सफल भएकी थिइन् । दिपाले महिलातर्फ अहिलेसम्म कुनै पनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई यो उपाधि दिलाउँन सफल भएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्