मुलुकको विश्वासिलो संस्था लोकसेवा आयोग भएको : प्रदेश प्रमुख खापुङ

<span class='c1'>मुलुकको विश्वासिलो संस्था लोकसेवा आयोग</span> <span class='c2'>भएको : प्रदेश प्रमुख खापुङ</span>

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुलुकको विश्वासिलो संस्था लोकसेवा आयोग भएको बताउनुभएको छ।

प्रदेश लोकसेवा आयोगको चौथो वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले जनतामा विश्वास भएको यो संस्थालाई भविष्यमा समेत यस कार्यलाई निरन्तरता दिनु पर्नेमा सुझाव दिनुभयो ।

प्रदेश प्रमुख खापुङ्गले कर्मचारीहरुको वृत्तिविकासका लागि प्रदेश सभाबाट पारित भएको केही ऐनहरु प्रमाणीकरण गरिएको जानकारी दिनुभयो । प्रदेश प्रमुख खापुङ्गले मुलुकमा सुशासन कायम गर्ने कार्यमा कर्मचारीहरुको महत्वपूणर् योगदान रहने धारणा राख्नुभयो । प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आयोग स्वतन्त्र र जनताको विश्वासिलो संस्था भएको बताउनुभएको छ । उहाँले सरकारलाई सफल एवं मुलुकमा सुशासन कायम गर्ने कार्यमा आयोगले चाँडै कर्मचारीहरुको पदपूर्ति गर्नुपर्ने सुझाव दिनुभयो ।

मुख्यमन्त्री कार्कीले आयोगबाट उत्तीर्ण कर्मचारीहरुलाई झापाको कलवलगुढीमा तालीम दिन सम्पूणर् तयारी पूरा भएको रहेको जानकारी दिँदै त्यसका लागि आयोगले आवश्यक अनुगमन गर्न आग्रह गर्नुभयो । सो अवसरमा आयोगका सचिव बाबुराम खतिवडाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सदस्य सजना दाहालले प्रदेशमा उत्र्तीण अन्य प्रदेशका कर्मचारीहरुको पद छोड्ने कार्यलाई रोक्न आवश्यक कानून बनाउनु पर्ने सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्