एएफसी एसिया कप : भारत समूह चरणबाटै बाहिरियो

<span class='c1'>एएफसी एसिया कप :</span> <span class='c2'>भारत समूह चरणबाटै बाहिरियो</span>

काठमाडौं । दक्षिण एसियाली राष्ट्र भारत कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

समूह बीमा रहेको भारत तीन वटै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

समूह चरणको अन्तिम खेलमा भारत सिरियासँग १-० गोल अन्तरले स्तब्ध भएको थियो । ७६ औं मिनेटमा इब्राहिम हेसरको पासमा ओमर खर्बिनले गोल गर्दै अग्रता दिलाए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै सिरियाले स्पष्ट ३ अंक जोड्न सफल भयो । यस्तै, मंगलबारै भएको अर्को खेलमा अस्ट्रेलिया र उज्वेकिस्तानले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीले अस्ट्रेलिया शीर्ष तथा उज्वेकिस्तान दोस्रो स्थानमा रहेर अन्तिम १६मा प्रवेश गरे । भारतलाई पराजित गरेको सिरिया ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेकाले उत्कृष्ट तेस्रो भएर अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्