आजदेखि सहिद सप्ताह सुरु

<span class='c1'>आजदेखि सहिद</span> <span class='c2'>सप्ताह सुरु</span>

काठमाडौं । आजदेखि सहिद सप्ताह सुरु भएको छ । पहिलो दिन आज काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी सहिद शुक्रराज शास्त्री र उनका योगदानलाई सम्झिएको छ ।

उपमेयर सुनिता डंगोलसहित महानगरका अधिकारीहरुले टेकुको पचलीस्थित शास्त्रीको शालिकमा स-सम्मान माल्यार्पण गरेका छन् । उपमेयर सुनिता डंगोलले शास्त्रीको योगदान नेपाली राजनीतिमा मात्र नभएर नेपाली र नेपाल भाषाको साहित्यमा पनि उत्तिकै रहेको बताइन् ।

‘उहाँको योगदान नेपाली राजनीतिमा मात्र होइन,साहित्यमा पनि उत्तिकै छ । नेपाली र नेपाल भाषामा उहाँले कलम चलाउनुभयो । विशेष गरी नेपाल भाषाको व्याकरण लेख्ने उहाँ नै पहिलो व्यक्ति हो,’ उपमेयर डंगोलले भनिन्, ‘त्यो मात्रै होइन बाल साहित्यमा कलम चलाउने पहिलो व्यक्ति पनि उहाँ नै हो।’
कार्यक्रममा नगरबासीले सहिद शास्त्रीलाई स्मरण गरे, उनको त्याग र बलिदानी प्रति सम्मान अर्पण गरे । नेपाली जनताको स्वतन्त्रता, राष्ट्र निर्माण र आम नागरिकको हक अधिकार र मुक्तिको लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।

नागरिकको हक हितका लागि तत्कालिन व्यवस्था विरुद्ध विद्रोह गर्दा वि.स. १९९७ माघ १० गते टेकुको पचलीमा रहेको खरीको बोटमा झुण्डाएर शास्त्रीको हत्या गरिएको थियो । शास्त्रीलाई झुण्ड्याइएको रुख भएको ठाउँमा नै बुधबार महानगरपालिकाले श्रद्धाञ्जलीसभा गरेको हो । सरकारले सहिद शुक्रराज शास्त्रीको सम्झनामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्