सुनसरीमा हाईसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

<span class='c1'>सुनसरीमा हाईसको ठक्करबाट</span> <span class='c2'>मोटरसाईकल चालकको मृत्यु</span>

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ८ स्थित भोटेपुलमा हाईसको ठक्करबाट एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने ४६ बर्षीय शम्भु दर्जी रहेका छन् ।

मंगलबार दिउसो २ बजे इटहरीबाट धरान तर्फ जादै गरेको ना१ज ७१२१ नम्बरको हाईस गाडीले बाटो क्रस गर्दै गरेको को६प ५६०३ नम्बरको मोटरसाईकल र को ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटर साईकल चालक दर्जीको उपचारको लागी घोपा धरानमा पुर्‍याउन साथ मृत्यु भएको थियो। भने स्कुटर चालक सोही स्थान ८ बस्ने ४४ बर्षीय सुरज गजमेर सामान्य घाइते भएका छन् ।

दुर्घटनामा संलग्न हाईस गाडी, चालक सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका ८ बस्ने २८ बर्षीय तेज नारायण सदा इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेका छन्। घटना सम्बन्धना थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्