सुन्दरहरैँचामा खुल्ला क्रिकेट नकआउट प्रतियोगिता हुने

सुन्दरहरैँचामा खुल्ला क्रिकेट नकआउट प्रतियोगिता हुने

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा यहि माघ १५ गतेदेखि २२ गतेसम्म सलकपुर खुल्ला क्रिकेट नकआउट प्रतियोगिता हुने भएको छ ।

भुल्के युवा समाज तथा सलकपुर क्रिकेट क्लबकाे आयाेजनामा प्रतियाेगिता हुने भएको हाे । क्रिकेट प्रतियाेगितामा १६ वटा टिमकाे सहभागिता रहने आयाेजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

 प्रतियाेगितामा प्रथम पुरस्कार रू ३० हजार, दोस्रो पुरस्कार १५ हजार साथै सिल प्रमाणपत्र र मेडल रहेको आयाेजक समाजका संस्थापक अध्यक्ष तथा खेल संयाेजक राेहन खत्रीले बताए । उनले हरेक खेलको म्यान अफ द म्याच र प्रतियोगिता भरीको उत्कृष्ट खेलाडीलाई पनि पुरस्करको व्यवस्था रहेको जानकारी दिए ।

  खेल टेनिस बलले खेलाइने छ भने सेमिफाइनल र फाइनल बाहेक अरू सबै खेल १५ ओभरका हुने बताइएको छ । एउटा टिममा १४ खेलाडी तथा ११ पेलिङ सेटमा रहने साथै ३ खेलाडी वैकल्पिक रहने उल्लेख गरिएको छ । युवाहरूकाे सहभागितामा हुन लागेको प्रतियाेगिता खेल क्षेत्रकाे लागि महत्त्वपूर्ण भएकोले यसका लागि पालिका तथा वडाकाे तर्फबाट पनि सकेको साथ सहयाेग हुने वडा अध्यक्ष खेम न्यौपानेले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्