काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले अपराजित यात्रा कायम राखेको छ ।
शीर्ष स्थानमा रहेको पुलिसले लगातार ५ खेलमा जीत निकाल्दै १० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । मूलपानी क्रिकेट रंगशालामा बुधबार भएको खेलमा पुलिसले मधेश प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । मधेश प्रदेशले पहिला ब्याटिङ गर्दै २४ ओभरमा सवै विकेट गुमाएर जम्मा ९६ रन बनाएको थियो ।
जवाफमा विभागीय क्लब पुलिसले १८.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । पहिला ब्याटिङ गर्दा मधेश प्रदेशका लागि अरनिको यादवल २३ तथा कप्तान हरिशंकर साहले २२ रनको पापिर खेले । अभिषेक तिवारीले ११ रनको नटआउट पारि खेल्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन असफल रहे । पुलिसका सागर ढकालले सर्वाधिक ५ विकेट लिँदा ललित राजवंशीले ४ विकेट हात पारे । रसिद खानले १ विकेट लिएका थिए ।
९७ र नको लक्ष्यसहित मैदान उत्रिएको पुलिसलाई जीत दिलाउन आरिफ शेखले १६ तथा अमित श्रेष्ठले १५ रनको नटआउट पारि खेले ।
यसैगरी सुनील धमला २८ तथा कुशल भुर्तेल १९ रन बनाएर आउट भएका थिए । आर्जुन साउदले ७ तथा दिलिप नाथले ४ रन बनाए ।
मधेश प्रदेशका रञ्जित कुमार र अरनिको यादवले दुई दुई विकेट लिए । जारी प्रतियोगितामा मधेश प्रदेशको तेस्रो हार हो । अहिले मधेश प्रदेश ८ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।