औषधि व्यवसायी संघ मोरङका नवनिर्वाचित कार्यसमितिद्धारा पदभार ग्रहण

औषधि व्यवसायी संघ मोरङका नवनिर्वाचित कार्यसमितिद्धारा पदभार ग्रहण

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङका नवनिर्वाचित कार्यसमितिहरुले पदभार ग्रहण गरेका छन् ।

विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरि दोस्रो अधिवेशनबाट निवार्चित भएका कार्यसमिति सदस्यीयहरुले पदभार ग्रहण गरेका हुन्।

गत पुस २८ गते भएको संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा देशबन्धु ढकाल, वरिष्ठ उपाध्यक्षमा हरिराज रेग्मी, थोक उपाध्यक्षमा जितु रजक, खुद्रा उपाध्यक्षमा मुकेश श्रीवास्तव, महासचिवमा अरुणकुमार ठाकुर, कोषाध्यक्षमा मनोजकुमार मण्डल, सचिवमा सरिता चौधरी, सह-कोषाध्यक्षमा राजकुमार यादव निर्वाचित भएका थिए ।

यसैगरी खुद्रा सदस्यमा सुनिलकुमार चौधरी, थोक सदस्यमा राजेश कुमार मण्डल, सदस्यहरुमा अरविन्द्रकुमार मण्डल , गौरवप्रसाद साह , किरणकुमार चौधरी निर्वाचित भएका थिए । नवनिर्वाचित अध्यक्ष ढकाललाई निवर्तमान अध्यक्ष लक्ष्मी तिमिल्सिनाले शपथ गराएका थिए । ढकालले शपथ लिएपछि अन्य पदाधिकारी र कार्य समिति सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका केन्द्रीय प्रदिप कुमार दास, प्रदेश उपाध्यक्ष नरेन्द्र बराल, झापाका अध्यक्ष जीवन खड्का, नेपाल औषधि व्यवस्था विभाग विराटनगरका शाखा अधिकृत अनिल परियारलगायतले नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा सहभागी अतिथीहरुले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई औषधि व्यवसायीमैत्री हिसाबले काम गर्न सुझाव दिदै कार्यकालको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्