दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ ।

आइतबारदेखि ओरालो लागेको नेप्से साताको चौथो कारोबारदिनसम्म आइपुग्दा बजार ओरालो यात्रामै छ । नेप्से १०.२५ अंकले घटेर २०८८.०४ अंकको बिन्दुमा झरेर बन्द भएको छ ।

बुधबार बैंकिङ समूह १.१३ अंक र म्युचुअल फन्ड झिनो ०.०२ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य सबै समूहहरु राताम्मे बनेका छन् । ८० कम्पनीको सेयरमा बढोत्तरी छ भने १५३ को घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । बजारमा आएको निरन्तरको गिरावटसँगै कारोबार रकम पनि खुम्चिँदै गएको छ । आज ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता बराबरको सेयर कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स छ । हिमालयनको २५ करोड १५ लाखको सेयर कारोबार भएको छ ।

यस्तै ज्ञादी ग्रुप अफ पावरको १३ करोड र अरुण काबेलीको १२ करोडको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्