काठमाडौं । नेपाल टेलिकमका तत्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेटवे अनियमितता प्रकरणका अभियुक्त पौडेलद्धयलाई बुधबार पक्राउ गरेको हो ।
गत २०८० असोज १५ मा आयोगले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सार्वजनिक सम्पत्ति हिनामिना गरेको र कार्यालयका सवारीसाधनहरुको दुरुपयोग गरि सम्पत्ति विदेश पठाउने कार्यमा संलग्न रहेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
बुधबार शान्तिनगर र मण्डिखाटारस्थित दुवैका घरमा छापा हानेको अख्तियारले कागजातसहित नियन्त्रणमा लिएको हो ।