इलाम गोल्डकप : आयोजकलाई हराउँदै एनआरटी फाइनलमा

<span class='c1'>इलाम गोल्डकप : आयोजकलाई</span> <span class='c2'>हराउँदै एनआरटी फाइनलमा</span>

विराटनगर । न्युरोड टिम (एनआरटी) इलाम सदरमुकामको ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल बनेको छ ।

प्रतियोगिताअन्तर्गत आज बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लबलाई हराउँदै एनआरटी उपाधिनजिक पुगेको हो ।

सडन डेथमा एनआरटीले रेडहर्स क्लबलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

खेलको निर्धारित समयमा १-१ गोलको बराबरी भएको थियो । त्यसपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यसमा पनि बराबरी भएपछि खेल सडन डेथका आधारमा छिनोफानो गरिएको हो ।

पहिलो हाफमा इलामका तर्फबाट नवयुग श्रेष्ठले गोल गरेका थिए । दोस्रो हाफमा एनआरटीका विदेशी खेलाडीले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

आजको खेलको म्यान अफ दि म्याच एनआरटीका विदेशी खेलाडी थेभ्स पिसो घोषित भए ।

भोलि बिहीबार अन्तिम सेमिफाइल खेलमा पाँचथर फुटबल क्लब र झापाको बिर्तामोड फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

माघ १३ गते हुने फाइनलमा विजयी हुने टिमले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्