सुर्योदय टि प्रोड्रयुसर एसोसिएसनले प्रदेश सरकारलाई बुझाए ज्ञापनपत्र

<span class='c1'>सुर्योदय टि प्रोड्रयुसर एसोसिएसनले</span> <span class='c2'>प्रदेश सरकारलाई बुझाए ज्ञापनपत्र</span>

विराटनगर । सुर्योदय टि प्रोड्रयुसर एसोसिएसनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपालमा उत्पादन भएको चिया तेस्रो मुलकमा सहज तरिकाले निर्यात गर्न प्रदेश सरकारले भूमिका निर्वाह गर्नुपर्ने माग राख्दै एसोसिएसनले बुधबार मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन्।

उनीहरुले सोही दिन कोशी प्रदेशको सभामुख अम्बर बहादुर विष्ट र आन्तरिक मामिला तथा कानुनमन्त्री शमसेर राईलाई समेत ज्ञापनपत्र बुझाएको एसोसिएसनका प्रवक्ता बुद्धभुषण योन्जनले जानकारी दिए । उनको अनुसार स्थानीय स्तरमा उत्पादन भएको चिया सरकारी कार्यालयले पनि प्रयोगमा ल्याउनुपर्ने माग राखेका थिए ।

ज्ञापनपत्र बुझेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले एसोसिएसनसँग सहकार्य गरेर जाने बताए । एसोसिएसनको अध्यक्ष उत्तमकुमार श्रेष्ठको नेतृत्वमा उपाध्यक्षद्धय डिल्लिराम श्रेष्ठ र अविनन्दन गिरि, महासचिव गोपाल कट्टेल,कोषाध्यक्ष सुवास ढुंगेल , सदस्य सुमित श्रेष्ठ,समिर श्रेष्ठ, मनोज श्रेष्ठ, प्रवक्ता बुद्धभुषण योन्जन लगायतको उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्