एएफसी एसिया कप : इराक र जापान क्वाटरफाइनलमा

एएफसी एसिया कप : इराक र जापान क्वाटरफाइनलमा

काठमाडौं । एएफसी एसिया कप फुटबलमा समूह डीबाट इराक र जापान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह चरणका अन्तिम खेलमा इराकले भियतनामलाई र जापानले इन्डोनेसियालाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

कतारमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा इराकले भियतनामलाई ३–२ गोल अन्तरको पुनरामगन जित निकाल्दै शीर्ष स्थानमा रहेर क्वाटरफाइनल प्रवेश ग¥यो । १ गोलले पछि परेको इराकले नतिजा उल्टाएको थियो । ४२ औं मिनेटमा भिट वुइ ह्वाङले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त चौँथो मिनेटमा भिएन खाङ रातो कार्ड पाउँदै मैदान छाड्दा (दोहोरो पहेँलो कार्ड) भियतनाम १० खेलाडीमा समेटिएको थियो ।
४७ औं मिनेटमा इराका लागि रेविन सुलाकाले बराबरी गोल गरेका थिए । ७३ औं मिनेटमा आयमिन हुसेनले गोल गर्दै इराकलाई २–१ ले अघि बढाएका थिए । ८३ औं मिनेटमा पाएको पेनाल्टी आयमिन हुसेनले गोलमा परिणत गर्न असफल भए ।

क्वाङ हेइले गोल गरेपछि भियतनामले बराबरी गरेको थियो । तर, दोस्रो हाफको थप गरिएको १२ औं मिनेटमा इराकले पेनाल्टी पाएको थियो । भियतनामका खेलाडीले इराकका युसुफ यमिनलाई फल गरेपछि पाएको पेनाल्टीमा आयमिन हुसेनले गोल गर्दै अन्ततः ३–२ को जित दिलाए । समूह चरणको अर्को खेलमा जापानले इन्डोनेसियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । छैटौं मिनेटमा जापानलाई आयासे वेडाले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दा जापानले अग्रता दोब्बर बनाएको थियो ।

८८ औं मिनेटमा इन्डोनेसियाका जस्टिन हुनबनेरले आफ्नै पोस्टमा गोल गरेपछि जापान ३–० ले अघि बढेको थियो । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा भियतनामका स्यान्डी वाल्सले गोल गरेर अन्तर ३–१ मा झारे पनि हार भने टरेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्