माओवादीका पूर्वब्रिगेड कमाण्डर मार्शल पक्राउ

<span class='c1'>माओवादीका पूर्वब्रिगेड कमाण्डर</span> <span class='c2'>मार्शल पक्राउ</span>

काठमाडौं । हाल नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय सदस्य रहेका माओवादी पूर्वब्रिगेड कमान्डर जितमान पुन (मार्शल) पक्राउ परेका छन् ।

रुकुम पूर्वको भुमे गाउँपालिका–१ का पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा चलेको थियो । सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो । सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको हो । अदालतले पुनलाई डिल्लीबजार कारागार पठाएको छ ।

पुनलाई पक्राउ गरिएको विषयमा पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले जनयुद्धकालीन मुद्धामा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । ‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जितमान पुन ‘मार्शल’ लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ । हामी यो घटनाको तीव्र भ्रत्सना गर्दछौँ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले यसबारे तुरुन्त आवश्यक कदम चाल्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह समेत गरेका छन् । पुन २०७४ सालको निर्वाचनमा रुकुम पूर्वबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिबाट उम्मेदवार समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्