सुन्दरहरैँचामा मुक्त रङ्गमञ्च निर्माणकाे अन्तिम चरणमा

<span class='c1'>सुन्दरहरैँचामा मुक्त रङ्गमञ्च</span> <span class='c2'>निर्माणकाे अन्तिम चरणमा</span>

मणिराम दाहाल
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ८ स्थित सलकपुरमा शिलान्यास भएको देशकै पहिलो मुक्त रङ्गमञ्च निर्माण कार्य धमाधम भएर हाल अन्तिम चरणमा पुगेको छ । 

शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजले माघ महिना भरमा निर्माणको कार्य सकेर फागुनमा रंगमञ्च उद्घाटन गरी नाटक मञ्चन गर्ने तयारी रहेको जानकारी दिए । ६ कठ्ठा जग्गामा ३० लाखकाे लगानीमा निर्माण भै रहेको  रंगमञ्चमा नाटक , साहित्य , चित्रकला, संगितिक कार्यक्रम हुने घिमिरे उल्लेख गरे । 

रंगमञ्च निर्माणका लागि सलकपुरकाे वन कार्यालयमा रहेको जग्गामा गत बर्ष सिलान्यास गरिएको थियाे । शिल्पी थिएटर काठमाडौँको लगानीमा बन्न लागेको रंगमञ्च निकै आकर्षक ढंगले प्राचिन तथा परम्परागत कला प्रस्तुत गरि निर्माण भईरहेको छ । 

रंगमञ्च निर्माणकाे लागि स्थानीय सरकारका साथै सुन्दरहरैँचा उद्योग वाणिज्य संघ तथा स्थानीयले चासाे देखाएर थप साथ सहयाेगमा पहल गर्ने प्रतिवद्वता जनाएका छन् । विगत  २७ बर्ष देखि निरन्तर नाटय र कला क्षेत्रमा आफु साधनारत रहेकोले सुन्दरहरैँचाकाे कला, साहित्यमा रंगमञ्चकाे महत्त्वपूर्ण भूमिका रहने घिमिरेले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्