मोरङको उर्लाबारीबाट नियन्त्रणमा लिइएको हिउँ चितुवालाई जाउलाखेलको चिडियाखानामा ल्याइयो

मोरङको उर्लाबारीबाट नियन्त्रणमा लिइएको हिउँ चितुवालाई जाउलाखेलको चिडियाखानामा ल्याइयो

विराटनगर । मोरङको उर्लाबारीबाट नियन्त्रणमा लिइएको हिउँ चितुवालाई जाउलाखेलको सदर चिडियाखानामा ल्याइएको छ।

माघ ९ गते मोरङको उर्लाबारी नगरपालिका-१ मा पर्ने पूर्वमा चारघरे भन्ने स्थानबाट नियन्त्रणमा लिइएको भाले हिमचितुवा चिडियाखानामा ल्याइएको हो। शुक्रबार पत्रकार सम्मेलन गर्दै पक्रेर ल्याइएको खोरमा राखिएको उक्त हिउँ चितुवा सार्वजनिक गरिएको हो।

हिउँ चितुवालाई सशस्त्र वन सुरक्षा शाखा, मंगलबारे इलाका प्रहरी कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी टप्पु संरक्षण केन्द्रको सहयोगमा फलामको खोरमा राखी चिडियाखानासम्म ल्याइएको हो। नेपालमा हिउँ चितुवा पूर्व कञ्चनजंघादेखि पश्चिम अपि नाम्पा संरक्षण क्षेत्र सम्म मुख्यगरी हिमाली क्षेत्रमा पाइन्छ। हिउँ चितुवा नेपालका संरक्षित वन्यजन्तुको सूचीमा पर्दछ।

हिउँ चितुवाको पछाडिको बाँया खुट्टा टेक्न असहज भएको बाहिरी कुनै किसिमको चोट नदेखिएको र अवस्था सामान्य रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्