आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै

<span class='c1'>आज ७१ औँ विश्व</span> <span class='c2'>कुष्ठरोग दिवस मनाइँदै</span>

काठमाडौँ । नेपालमा आज ७१ औँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ यसवर्षको विश्व कुष्ठरोग दिवस मनाउन लागिएको हो।

कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभर यो दिवस जनवरी महिनाको अन्तिम आइतवार मनाउन सुरु गरिएको हो।

माइकोब्याक्टेरियम लेप्रे नामक सुक्ष्म किटाणुको कारणले लाग्ने कुष्ठरोगका कारण नेपालमा बर्सेनि २ देखि ३ हजारका हाराहारीमा बिरामीहरू फेला पर्ने गरेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा कुल २२८५ नयाँ कुष्ठरोगी फेला परेका थिए। जसमा मधेश प्रदेशमा सबैभन्दा धेरै ९१० (कुल बिरामीको ४० प्रतिशत) बिरामी फेला परेका थिए। यसैबीच कर्णाली प्रदेशमा सबैभन्दा कम ६८ (कुल बिरामीको ३ प्रतिशत) कुष्ठरोगका बिरामी पत्ता लागेका थिए। नयाँ सङ्क्रमितमध्ये बालबालिकाको अनुपात ३.१९ प्रतिशत रहेको छ। ७.४४ प्रतिशतमा ग्रेड टु अपाङ्गता रहेको पाइएको थियो र नयाँ बिरामीहरूमा महिलाको अनुपात ४३.३ प्रतिशत रहेको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्