एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत (१ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्