सूर्यज्योति लाइफद्धारा घातक रोगको बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

<span class='c1'>सूर्यज्योति लाइफद्धारा घातक रोगको बीमा</span> <span class='c2'>दाबी भुक्तानी रकम हस्तान्तरण</span>

विराटनगर । सूर्यज्योति लाइफ इन्स्योरेन्सले घातक रोगको उपचारको लागि बीमा सम्झौता बमोजिमको दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ।

मोरङको धनपालथान-६ मा बस्दै आएका राकेश कुमार राजवंशीलाई शाखा प्रबन्धक कबिराज दाहाल एवं अभिकर्ताहरुको टिमले चेक हस्तान्तरण गरेका हुन्।

राजवंशीलाई बीमा सम्झौता बमोजिमको चौध लाख ५५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको शाखा प्रबन्धक कबिराज दाहाल जानकारी दिए।

हाल कोरोनरी आर्टरीको उपचारको क्रममा रहेका राजवंशी सुर्यज्योति लाईफको घातक रोगको बीमा बापतको रकम पाउँदा आफूले उपचारको लागि ठूलो राहत पुगेको उनी बताउछन ।

१८ महिना पहिले रु.१४,५५,००० बीमाङ्कको घातक रोग सुविधासहितको बिमा पोलिसी रु.८०,००० मा खरिद गरेको र सोही ३५ घातक रोग सम्झौता नम्बर ३२ मा कोरोनरी आर्टरी समस्या प्रमाणित भएकोले उपचार खर्च बापत भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

सुर्यज्योति लाईफले विभिन्न ३५ वटा घातक रोगको उपचार खर्च बापत अधिकतम् ५० लाखसम्म दाबी भुक्तानी गर्ने गर्दछ। मानिसहरुको खान पान र जीवनशैलीले गर्दा हाल धेरै नै घातक रोगको सिकार बनिरहेको र आर्थिक कठिनाइको अवस्थामा सुर्यज्योतीका विभिन्न बिमा पोलिसीले सहयोग गरिरहेको कम्पनीको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्