शान्ति सुरक्षाका विषयमा संघ र प्रदेशबिच छलफल

<span class='c1'>शान्ति सुरक्षाका विषयमा संघ</span> <span class='c2'>र प्रदेशबिच छलफल</span>

काठमाडौं । मुलुकको शान्ति सुरक्षा थप मजवुद बनाउन तीन तहका मन्त्रीहरुबिच छलफल भएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले तीन तहमा भइरहेको शान्ति सुरक्षाका विषयमा बृहत छलफल भएको हो ।

संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन २०७७ को दफा २२ बमोजिम बसेको बैठकमा सबै प्रदेशका आन्तरिक मामिला तथा गृह प्रशासन हेर्ने मन्त्रीहरुको सहभागिता थियो । बैठकले प्रहरी समायोजना ऐन, नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय गर्ने ऐन परिमार्जन गर्ने निणर्य गरेको गृह मन्त्रालयका सह सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले मुलुकको शान्ति सुरक्षाथप मजबुत बनाउनका लागि संघीय गृह मन्त्रालय र प्रदेशमा सम्मिलित मन्त्रालयहरुले थप सहकार्य गर्ने,प्रदेश सरकारहरु बिचको सहकार्यलाई थप बलियो बनाउने र प्रहरी समायोजनलाई छिटो अगाडि बढाउने जस्ता निणर्य भएको पनि जानकारी दिए ।

उनले भने, ‘प्रहरी समायोजना ऐन, नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय गर्ने ऐन परिमार्जन गर्ने, नेपाल प्रहरी ऐन र स्थानीय प्रशासन ऐन तर्जुमाको चरणमा छ यसलाई छिटो अगाडि बढाउने, मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा छलफल गरेर समीक्षा गर्दै थप मजबुत बनाउनको लागि संघीय गृहमन्त्रालय र प्रदेशका सम्मिलित मन्त्रालयहरुले थप सहकार्य गर्ने, गृह र प्रदेश सरकारहरुको बिचको सहकार्यलाई थप बलियो बनाउने, प्रहरी समायोजनलाई छिटो अगाडि बढाउनेविषयमा छलफल भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्