प्रधानमन्त्री कप : कर्णालीमाथि आर्मीको फराकिलो जित

<span class='c1'>प्रधानमन्त्री कप : कर्णालीमाथि</span> <span class='c2'>आर्मीको फराकिलो जित</span>

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मी विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनले पराजित गरेको हो ।

आर्मीको पाँचौं जित हो । कर्णालीको भने यो पाँचौ हार हो । पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ५ विकेट गुमाएर २७९ रन बनाएको थियो ।
आर्मीका कप्तान विनोद भण्डारीले नटआउट १०० रनको शतकीय पारि खेल्दा बसिर अहमदले नटआउट ९८ रन बनाए । यसैगरी भीम सार्कीले २५ रन बनाउँदा कुशल मल्ल २१ रन बनाएर आउट भए । कर्णालीका दिपेन्द्र रावतले २ विकेट लिँदा प्रकाश जैसी, दिनेश अधिकारी, दिवान पुनले एक एक विकेट लिए । जवाफमा कर्णाली प्रदेश २९ ओभर खेल्दै ११५ रनमा रोकियो । कर्णालीका लागि हिमांशु शाहीले १९ रन बनाउँदा दिवान पुनले १८ रन जोडे ।

यसैगरी विपिन शाहीले १४ रन बनाउँदा रविन्द्र शाही, निश्चल रावल र दिपेन्द्र रावतले १२–१२ रनको पारि खेलेका थिए । कर्णालीलाई रोक्ने क्रममा कुशल मल्ल र विवेक यादवले तीन तीन विकेट लिँदा सोमपाल कामीले २ विकेट हात पारे । सहाब आलमले एक विकेट लिए । जितसँगै आर्मीले ताकिलामा १० अंक बनाएको छ । अहिले तेस्रो स्थानमा रहेको आर्मीले समूह चरणमा अझैं २ खेल खेल्न बाँकी रहेकाले फाइनल खेल्ने सम्भावना भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्