डेढ सातापछि सेयर बजारमा सुधार, १० अंकले बढ्यो नेप्से

डेढ सातापछि सेयर बजारमा सुधार, १० अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा डेढ सातापछि सुधार आएको छ । साताको पहिलो दिन आइतबार कारोबार बढेको छ ।

नेप्से आज १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा कायम भएको छ ।१ सय ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७० कम्पनीको घटेको छ । चार कम्पनीको सेयरमूल्य स्थिर रह्यो । बैंकिङ, होटल, उत्पादन र म्युचल फन्ड समूहबाहेक अरू सबै समूहको सेयर सामान्य बढेको छ । मध्य सोलु, माथिल्लो मैलुङखोला जलविद्युत् र साम्लिङ पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्सको सेयर झन्डै नौ प्रतिशतले घटेको छ । आज एक करोड ७ लाख कित्ता सेयर तीन अर्ब ८३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, ज्ञादी ग्रुप अफ पावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारमा अगाडि रहे ।

हिमालय रिको ३३ करोड ५३ लाख, ज्ञादीको २३ करोड ५३ लाख र रिलायबलको १७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्