सुष्मा कलेजमा साइवर सुरक्षा सम्बन्धी एक दिने कार्यशाला सम्पन्न

<span class='c1'>सुष्मा कलेजमा साइवर सुरक्षा सम्बन्धी</span> <span class='c2'>एक दिने कार्यशाला सम्पन्न</span>

विराटनगर । इटहरीमा रहेको सुष्मा गोदावरी कलेजमा साइवर सुरक्षा सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई साइबर सुरक्षा सम्बन्धी जानकारीमूलक एक दिने कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालामा विद्यार्थीहरूलाई फेसबुक तथा सामाजिक संजाल कसरी सुरक्षित रूपमा प्रयोग गर्ने , ह्याक भएका आइडी कसरी फिर्ता ल्याउने , पासवर्डको सुरक्षा कसरी गर्ने लगायतका विषयहरू समावेश गरिएको कलेजले जनाएको छ । उक्त कार्यशालाको प्रशिक्षण सुरेश चन्द्र दाहालले गरेका थिए ।

सहभागी विद्यार्थीहरूले कार्यशालामामा सिकेका जानकारीहरू आफ्नो जनजीवनमा अत्यावश्यक रहेको र आगामी दिनहरूमा यस्ता प्रकारका कार्यशालाहरूलाई निरन्तरता दिन आग्रह समेत गरेका थिए । पछिल्लो समय फेसबुक आइडीहरू ह्याक हुने क्रम बढेकाेले यस्ता कुराहरूमा ध्यान पुर्‍याउन यो प्रशिक्षण अनिवार्य रहेको विद्यार्थीहरूले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्