सिद्धार्थ सेकेण्डरी स्कुलमा म्याराथन दौड सम्पन्न

<span class='c1'>सिद्धार्थ सेकेण्डरी स्कुलमा</span> <span class='c2'>म्याराथन दौड सम्पन्न</span>

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा १० मा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलकाे २९ औँ अभिभावक दिवसकाे अवसरमा ``विद्यार्थीसँग अभिभावक ´´कार्यक्रम अन्तर्गत म्याराथन दौड सम्पन्न भएको छ ।

म्याराथन दौड नगरकाे बाघझाेडा सिमसार नजिकबाट खाेर्सानेचाेक सम्म १.५ किलोमिटरकाे दुरीमा गरिएको थियाे । म्याराथन दौडमा महिला तथा पुरूष अभिभावक साथै छात्रछात्राहरूले भाग लिएका थिए । म्याराथन दौडमा ६५ महिला ४६ पुरूष तथा ४० विद्यार्थी गरि १ सय ५१ जानाले भाग लिएका थिए ।

म्याराथन दौडमा महिला अभिभावक तर्फ सुभद्रा खत्री प्रथम , मनिता हुमागाई दाेस्रो , लता घिमिरे तेस्रो तथा रमिला राई सान्तवना भएका छन् । त्यसैगरी पुरूष अभिभावक तर्फ चन्द्रबहादुर लिम्बू प्रथम , चन्द्रमणि गाैत्तम दाेस्रो , धनकुमार भट्टराई तेस्रो तथा इन्द्रकुमार मास्के सान्तवना भएका छन् । साथै म्याराथन दौडमा छात्रा तर्फबाट निलथाेन्जेस राई प्रथम , एन्जल राई दाेस्रो तथा सन्ध्या प्रधान तेस्रो भएका छन् । साथै छात्र तर्फ सविन तामाङ प्रथम , विशाल केसी दाेस्रो तथा अजित चाैधरी तेस्रो भए । म्याराथुन दाैडमा प्रथम ,दाेस्रो , तेस्रो तथा सान्तवना हुनेलाई क्रमश रू ३ हजार , २ हजार १ हजार साथै मेडल र प्रमाणपत्रद्वारा खेलकाे पुरस्कार वितरण अभिभावक दिवसकाे दिन गरिने विद्यालयका प्रिन्सिपल अर्जुन वस्नेत जानकारी दिए ।

उनले विद्यार्थीहरूलाई पढाइ र खेलकुदसँगै अभिभावककाे स्वास्थ्यलाई पनि ख्याल राखेर रमाइलो हुने गरि म्याराथन दौडमा सहभागी गराएकाे उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाई थिए । उनले सिद्वार्थ स्कुलले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेकाेमा प्रसङ्सा गर्दै विद्यार्थीले पढाइका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिएर अघि बढ्न जरूरी रहेको बताए ।

सिद्वार्थ सेकेन्डरी स्कुलकाे २९ औँ अभिभावक दिवसकाे अवसरमा ``विद्यार्थीसँग अभिभावक ´´कार्यक्रम अन्तर्गत म्याराथन दौडका साथै भलिबल , फुटबल नृत्य ( मम्मि डान्स ) गायन तथा चित्रकलाकाे कार्यक्रम हुने विद्यालयका सहायक प्रिन्सिपल जे.वी थुलुङले जानकारी दिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष निलम ढुङ्गानाकाे सभापतित्वमा भएको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्