मुनव्वर फारुकी बने बिग बोस–१७ को विजेता

<span class='c1'>मुनव्वर फारुकी बने बिग</span> <span class='c2'>बोस–१७ को विजेता</span>

मुम्बई । विवादास्पद रियालिटी शो ‘बिग बोस १७’को उपाधि मुनव्वर फारुकीले जितेका छन् । ‘लकअप सिजन १’ पछि मुनव्वरले यो अर्को ठूलो उपाधि जितेका हुन् ।

‘बिग बोस १७’ को उत्कृष्ट पाँचमा अंकिता लोखण्डे, मुनव्वर फारुकी, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए । तर फिनालेमा एक–एक प्रतियोगी शोबाट बाहिरिएपछि अन्तिममा अभिषेक कुमार र मुनव्वर मात्र थिए । मुनव्वरले एक ट्रफीसँगै ५० लाख रुपैंयाँ र हुण्डाईको क्रेटा कार पाएका छन् । उनको जितसँगै सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको ओइरो लागेको छ । ट्वीटरमा लगातार मुनब्बरको नाम ट्रेन्डिङ भइरहेको छ ।
मुन्नव्वर प्रख्यात स्टेण्डअप कमेडियन हुन् । उनी आफ्नो शायरीले दर्शकको मन जित्दै आएका छन् । उनको स्टेण्डअप कमेडीलाई दर्शकले यति धेरै मन पराउँछन् कि उनका हरेक शो हाउसफूल हुन्छन् ।

मुनव्वर ‘बिग बोस १७’ अघि कंगना रनावतको शो ‘लकअप सिजन १’मा देखिएका थिए । उनका हरेक खेल दर्शकले मनपराएका थिए । यो शो पनि उनले जितेपछि उनको लोकप्रियता थप बढेको थियो । त्यसो त उनी विवादमा आइरहने कमेडियन पनि हुन् ।
परिवारको आर्थिक अवस्था कमजोर भएपछि मुनव्वरले परिवार पाल्नकै लागि समोसा बेच्ने काम गरे । इन्दोरका उनले सन् २००७ मा मुम्बई आएपछि भाडाको दोकानमा काम गरे । यो काम गर्दा उनले ६० रुपैंयाँ मात्र ज्याला पाउँथे ।
यसबाहेक उनले ग्राफिक डिजाइनरको पनि काम गरे । सन् २०१७ मा ओटिटी प्लेटफर्म आएपछि उनलाई कमेडी शोको बारेमा थाहा भयो । त्यसपछि उनले ‘दोध दह्यो’ नाम कमेडी शो चलाए ।

यो शो यति लोकप्रिय भयो कि त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्