प्रधानमन्त्री कप : नेपाल पुलिस क्लबको सातौं जित

<span class='c1'>प्रधानमन्त्री कप : नेपाल</span> <span class='c2'>पुलिस क्लबको सातौं जित</span>

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष स्थानमा रहेको विभागीय क्लब नेपाल पुलिसले अपराजित यात्रा कायम राखेको छ ।

समूह चरणको सातौं खेल खेलेको पुलिसले अहिलेसम्म शतप्रतिशत जितको नतिजा आत्मसाथ गर्न सफल भयो । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटले स्तब्ध बनाएको छ । गण्डकी प्रदेशको भने यो छैटौं हार हो ।

गण्डकीले पहिला ब्याटिङ गर्दै ३८.३ ओभरमा सवै विकेट गुमाएर १७० रन बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङले अर्धशतकीय पारि ५० रनको खेल्दा कमल परियार र करण पँगेनीले ३०–३० तथा समीर कँडेलले २९ रन बनाए । पुलिसका रसिद खानले सर्वाधिक ५ विकेट लिँदा ललित राजवंशी र करण केसीले दुई दुई विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । १७१ रनको लक्ष्यसहित मैदान उत्रिएको पुलिसले २४.२ ओभरमा ४ विकेट गुमाएर विजयी भयो ।पुलिसको जितमा दिलिप नाथले ५७ रनको अर्धशतकीय पारि खेल्दा अर्जुन साउदले नटआउट ४४ रन बनाए ।

यसैगरी आरिफ शेख पनि नटआउट २७ रनमा फर्किदा, कुशल भुर्तेलको ब्याटबाट २२ रन बन्यो । शंकर राना भने १२ रनमा आउट भएका थिए ।
गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिँदा विपिन खत्री र कमल परियारले एक एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्